१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
प्रतिकात्मक तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:o५:oo

पोखराबाट १९ यात्रु बोकेर मुस्ताङको जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ। ९एन-एइटी कलसाइनको ट्विनअटर जहाज बिहान ९:५५ बजे पोखराबाट जोमसोमतर्फ उडेको थियो। 

जहाजमा १३ जना नेपाली, चारजना भारतीय र दुईजना अन्य देशका नागरिक गरी १९ यात्रु र तीन चालक दलका सादस्यसहित २२ जना रहेको तारा एयरका प्रतिनिधिले बताएका छन्।

जहाज घोडेपानी कटेपछि १०ः३० बजेदेखि सम्पर्कविहीन भएको बताइएको छ। अहिलेसम्म जहाज सम्पर्कमा आउन नसकेको बताइएको छ। 

अहिले जहाजको खोजबिन कार्य तीव्र बनाइएको छ । जहाजको खोजीका लागि फिस्टेल हेलिकोप्टर परिचालन गरिएको पोखरा विमानस्थल कार्यालयले जनाएको छ।