१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १२ बिहीबार २२:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं महानगर प्रमुखमा साह र उपप्रमुखमा डंगोल निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ १२ बिहीबार २२:४०:००

काठमाडौं महानगरपालिकाकाे प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित भएका छन् । उनले ६१७६७ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३८३४१ मत प्राप्त गरिन् । एमालेका केशव स्थापितले ३८११७ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्रका सुमन सायमीले १३७७०, राप्रपाका मदनदास श्रेष्ठले ५७७०, विवकेशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले ६४७ मत प्राप्त गरिन् । 

त्यसैगरी, उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले ६८६१२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३८०६ मत प्राप्त गरे । स्वतन्त्रकी विद्या श्रेष्ठले १३६१५, राप्रपाकी विनिता मगैयाले १२१४१, स्वतन्त्रकी वेन्जी सिंह महर्जनले ६५५५, विवेकशील साझाकी कृति कंसाकारले २५९० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।