मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ १२ बिहीबार
  • Saturday, 19 July, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १२ बिहीबार १२:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रातो मत्स्येन्द्रनाथको भोटो जेठ २१ मा देखाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १२ बिहीबार १२:३६:oo

रातो मत्स्येन्द्रनाथको भोटो देखाउने साइत जेठ २१ गतेलाई जुरेको छ। पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीका पुजारीले सो दिनका लागि साइत जुराएका हुन्।

हाल रातो मत्स्येन्द्रनाथको रथ लगनखेलमा छ। जेठ १८ गते रथलाई तानेर जावलाखेल लगिनेछ। रथ त्यहाँ पुर्‍याएको चार दिनपछि भोटो देखाउने चलन रहेको रातो मत्स्येन्द्रनाथका मूल पुजारी कपिल बज्रचार्यले जानकारी दिए।

भोटो देखाउने जात्रामा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिको उपस्थिति रहनेछ। सो दिन सरकारले सार्वजनिक बिदासमेत दिँदै आएको छ।