१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ११ बुधबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ ११ बुधबार १२:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विजयी र्‍यालीका लागि काठमाडौं आउने दुःख नगर्न शुभचिन्तकलाई बालेनको अनुरोध  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ ११ बुधबार १२:११:oo

काठमाडौं महानगरपालिकाको मेयर बन्ने निश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेन साहले निर्वाचित भएको खुसियालीमा मनाइने विजयी उत्सवलाई सामान्य तवरले मनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले ठाउँठाउँबाट र्‍यालीका लागि काठमाडाैं आउने कुराहरू सुनिरहेको बताउँदै कोही पनि र्‍यालीका लागि काठमाडौं आउने दुःख नगर्न अनुरोध गरेका छन्। ‘यो अभियान सबैको हो,’ उनले लेखेका छन्, ‘यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ, अभियानको अहिलेसम्मको सफलताका लागि खुसियाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा धन्यवाद र्‍याली गर्नुहोला।’

उनले अबको पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुने बताएका छन्। हाल काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। करिब २२ हजार मत गन्न बाँकी छ।