१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नवौँ राष्ट्रिय खेलकुद  असोज-कात्तिकमा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:o५:oo

युवा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असोज र कात्तिकमा हुने जनाएको छ । यसअघि नवौँ राष्ट्रिय खेकलुद २२ देखि २८ जेठसम्म हुने भनिएको थियो । युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै नवौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुने जनाउँदै नयाँ मिति घोषणा गरेको हो । अब नवौँ राष्ट्रिय खेलकुद २८ असोजदेखि ३ कात्तिकसम्म हुनेछ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतियोगिताको नयाँ मिति घोषणा गरेको खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बताए । प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रिया अघि बढिसके बजेट कार्यान्वयनका लागि सार्वजनिक खरिद ऐनअनुसार जानुपर्ने भएपछि समय नपुगका कारण प्रतियोगिता सार्नु परेको मन्त्री गहतराजले बताए । 

‘नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका निमित्त खेलाडी छनोट भइरहेको छ, तर प्रतियोगिताको तयारी समय अपुग देखियो, प्रतियोगिता सार्दा राम्रो हुने देखियो,’ उनले भने, ‘यसबीचमा स्थानीय निर्वाचन, कक्षा ११ र १२ को परीक्षा पनि त्यही मितिमा रहेको देखियो ।’ 

मन्त्री गहतराजले असार र असोजको पहिलो र दोस्रो सातामा प्रतियोगिता गर्ने योजना रहेको बताए । मौसमका कारण प्रतियोगिता गर्न नसकिने भएपछि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असोज अन्तिम र कात्तिक पहिलो साता गर्ने निर्णय गरिएको जानकारी मन्त्री गहतराजले गराए ।

‘अहिले स्थानीय निर्वाचन सकिएको अवस्था छ, त्यसको लगत्तै मंसिरमा अर्काे चुनाव हुँदै छ, यसबीचमा दसैँ र तिहारको बीचमा देखियो,’ उनले भने, ‘अहिले हामीले मिति मात्रै सरेको हौँ, आगामी वर्षको बजेटमा यसै प्रतियोगिताको शीर्षकमा बजेट आउनेछ ।’ यसैगरी राखेपका सदस्यसचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने वा रोकिने बहाना नभएको बताए ।