१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format २o:२o:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

पहिलेकै प्रतिस्पर्धीलाई पराजित गर्दै ललितपुर महानगरमा दोस्रोपटक मेयर बने चिरिबाबु महर्जन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:२o:oo

ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन निर्वाचित भएका छन्। नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गर्दै उनी पुनः मेयरमा विजयी भएका हुन्। यसअघि ०७४ को निर्वाचनमा पनि महर्जनले व्यञ्जनकारलाई पराजित गरेका थिए। पुरानै प्रतिस्पर्धीलाई पहिलेको भन्दा फराकिलो मतान्तरसहित यसपटक उनले पराजित गरेका छन् ।  जिल्ला निर्वाचन कार्यालय ललितपुरका अनुसार सबै वडाको मतगणना सकिएको छ। यद्यपि, औपचारिक नतिजा सार्वजनिक गर्न भने बाँकी छ।

महानगर हाँक्ने गरी दोस्रोपटक विजयी भएका चिरिबाबुले बाँकी रहेका पुराना कामबाट नयाँ कार्यकाल सुरु गर्ने बताएका छन्। उनले सर्वप्रथम पुराना कामलाई निरन्तरता दिने बताउँदै नगरपालिकाको प्रशासनिक सेवा प्रवाहमा समेत सुधार ल्याउने बताए। 

त्यस्तै, अन्य थुप्रै काम बाँकी रहेकोले ती कामलाई छिटो सकाउने उनको योजना छ। यसअघिको कार्यालयमा उनले ललितपुर महानगरपालिका सामुन्ने रहेको समय फल्चालाई जीवित राख्न सफल भएका थिए। लालीगुराँस सहकारी संस्थाले खोसेको फल्चालाई पुरानो फोटोको आधारमा मुद्दा लडेर उनले फिर्ता ल्याएका थिए। त्यसबाहेक ललितपुरमा साइकल लेन विस्तार, सम्पदा संरक्षण, महानगरको नगर प्रहरी व्यवस्थापनलगायत कार्य गरेका थिए। पुनः निर्वाचित भएर आएपछि पुरानासँगै नयाँ योजनाका कामलाई अघि बढाउन आफू सक्रिय रहने चिरिबाबुले बताए। 

हाल ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र हुँदै शंखमुलसम्मको ढल व्यवस्थापन र तार भूमिगतको काम भइरहेको छ। चिरिबाबुले नै उक्त योजना अघि बढाएका थिए। त्यस्तै यो कार्यकालमा उनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटीको रूपमा विकास गर्ने र महानगरपालिकाका कामकाजलाई डिजिटलाइजेसन गर्ने गरी योजना अघि सारेका छन्। त्यस्तै पाटन क्षेत्रमा रहेका पुराना घर व्यवस्थापन गर्ने, पाटन क्षेत्रका पयर्टकीय ठाउँलाई व्यवस्थित पार्ने र आधुनिक तवरले महानगरको फोहोर व्यवस्थापन गर्नेलगायत योजना उनले अघि सारेका छन्।