१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २३ आइतबार १७:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उल्टाखाममा ११ वर्षीया नाबालिकाको बलात्कार गरी एक युवकले आत्महत्या गरेको आशंका 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:२४:oo

१० साउन ०७५ मा कञ्चनपुरको उल्टाखामकी १३ वर्षीया नाबालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । पन्तको बलात्कारपछि हत्यामा संलग्नको पत्ता नलाग्दै उल्टाखामकी एक नाबालिकाको बलात्कार गरी एक युवकले आत्महत्या गरेको आशंका गरिएको छ । 

१० जेठ ०७९ को दिउँसो करिब १२ बजे उल्टाखामकी ११ वर्षीया बालिकामाथि आफ्नै छिमेकीबाट बलात्कार भएको आशंका गरिएको हो । मंगलबार मिलन टोलका ३३ वर्षीय दिनेश मालीले घरमै झुन्डिएर आत्महत्या गरेका छन् । पीडित नाबालिकाका आफन्त अनिता बडायतले बालिकाको बलात्कारपछि जेल परिने डरले दिनेशले आत्महत्या गरेको बताइन् ।  ‘बालिका रगतले लतपत्तिएकी थिइन्, ती युवकले बलात्कार गरेर आत्महत्या गरे भन्ने हाम्रो आशंका छ,’ उनले भनिन्, ‘हामीले बालिकालाई सोध्दा अंकलले हान्यो भन्दै मलाई बचाउनुहोस् भनिरहेकी थिइन् । उनको यौनीबाट रगत बगिरहेको थियो, के यो बलात्कार होइन र ?’ मालीको शव हाल महाकाली अस्पतालमा राखिएको छ । घाइते बालिकाको हाल माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । 

कडायतका अनुसार ११ वर्षीया बालिका र उनकी ९ वर्षीया बहिनी घरबाट पसलतिर समान खरिद गर्न हिँडेका थिए । दिनेशकै पसलनजिक पुगेका ती दुवै बालिकालाई दिनेशले बोलाएर घर लगेका थिए । कान्छी बहिनीलाई मदिरा ल्याउन पठाएर जेठीलाई कोठामा लगी बलात्कार गरको कडायतको भनाइ छ । उनले दिनेशको बेडरुममा पनि रगत भेटिएको बताइन् ।    

मालिकको जमिन अधियाँ गरेर गुजारा चलाउँदै आएका विपन्न परिवारकी छोरीमाथि हुनेखाने वर्गका मानिसले बलात्कार गरेर अपराध गरेको स्थानीयको भनाइ छ । 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले आत्महत्या गर्ने व्यक्तिले ती बालिकालाई बलात्कार गर्न खोजेको बताए। ‘बालिकामाथि बलात्कार गर्न खोजिएको रहेछ । त्यसका लागि घाँटी र टाउको च्यापेको पाइयो,’ प्रवक्ता शाहले भने, ‘प्रथम स्टेजमै होहल्ला भएपछि उद्धार भयो ।’ उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

अधिकारकर्मी माया नेगीले घटना जघन्य प्रकृतिको भएकाले गहन अनुसन्धान गर्नुपर्ने बताइन् । ‘यो बालिकामाथि भएको घटना सामान्य होइन। बालिकालाई बलात्कार गर्दा होहल्ला भएर सबैले थाहा पाएपछि मुद्दा लाग्ने डरले आत्महत्या गरिएको देखियो,’ ‘उनले भनिन्, ‘दोषी पक्षको मृत्यु भयो भन्दैमा पीडित बालिकाको न्याय मर्न दिनुहुँदैन ।’ 
 

ad
ad