मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ १० मंगलबार
  • Friday, 14 August, 2026
मुख्य समाचार डिजिटल संस्करण

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १० मंगलबार १३:३५:oo

एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त गौशालाले कलेजका संयोजकसमेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरेको हो। 

आफूहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै तीनजना विद्यार्थीले गौशाला वृत्तमा जाहेरी दिएका छन्। उनीहरूले शिक्षकलाई कारबाहीको माग गर्दैै मंगरबार गौशाला प्रहरी कार्यालयमा धर्ना र नाराजुलुस गरेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार विद्यार्थीले जाहेरी दिएपछि शिक्षकलाई पक्राउ गरिएको हो। उनीमाथि गौशाला वृत्तले अनुसन्धान थालेको छ। 

पक्राउ परेका शिक्षक अधिकारीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी गरिएको छ। शिक्षक अधिकारीले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई यौन दुर्व्यवहार गरेकाे विद्यार्थीको आरोप छ। शिक्षकले गरेको दुर्व्यवहारबारे कलेज प्रशासनलाई जानकारी गराए पनि चासो नदिएपछि विद्यार्थी आन्दोलित बनेका थिए। उनीहरूले शिक्षकलाई कारबाही गर्नुपर्ने माग राखेका छन्।