मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख ३१ शनिबार ०६:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चट्याङ लागेर वृद्धको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार ०६:५८:००

हावाहुरीसँगै चट्याङ् परेर सिराहाको गोलबजार नगरपालिका १० डण्डा टोलका एक वृद्धको मृत्यु भएको छ । गाउँदेखि पूर्वपट्टि खेतमा भैंसी चराउन गएका बेला शुक्रबार अपरान्ह चट्याङ् लागेर स्थानीय ६५ वर्षीय रावीन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

भैंसी चढेर चराउँदै गरेका बेला वर्षासहितको हावाहुरी चलेपछि चट्याङ् लागेर महतोसहित उनको भैसी समेत मरेको स्थानीय ज्ञानकुमार सिंहले जानकारी दिए ।

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक  सुवास बुढाथोकीका अनुसार चट्याङ् लागेर महतोको शरीरको केही भाग जलेको छ । महतोको शव पोष्टमार्टमको लागि लहानस्थित प्रादेशिक अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।