१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७९ बैशाख ३० शुक्रबार १७:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाउँपालिका अध्यक्ष उम्मेदवारको गाडीले ठक्कर दिएका वृद्धको मृत्यु

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७९ बैशाख ३० शुक्रबार १७:१९:००

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ मा गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। नेपाली कांग्रेसबाट बाँफिकोट गाउँपालिका अध्यक्षका उम्मेदवार जनककुमार बाँठाले प्रयोग गरेको गाडीले ठक्कर दिँदा अन्दाजी ६० वर्षीय पर्जे खत्रीको मृत्यु भएको हो ।

मतदानस्थलको अवलोकनका क्रममा नेपाल राष्ट्रिय मावि ढारवाङ मतदानस्थल गएका वेला बाँठाको गाडीले खत्रीलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा पुर्‍याइएका खत्रीलाई डाक्टरले मृत घोषणा गरेका थिए।