१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २७ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २७ मंगलबार १६:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार : सभापति देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २७ मंगलबार १६:१२:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार भएको बताएका छन्। मंगलबार विज्ञप्तिमार्फत सभापति देउवाले कांग्रेसको पक्षमा मतदानका लागि आग्रह गर्दै यस्तो बताएका हुन्।

‘स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार हो। स्थानीय तह संघीय शासन प्रणालीको आधारस्तम्भ पनि हो। हरेक नागरिकका सुख–दुःखमा साथ दिने र आफ्नै घर–आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र पनि हो,’ विज्ञप्तिमा भनिएको छ।

साथै उनले कांग्रेस र गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गर्नसमेत आग्रह गरेका छन्। ‘नेपाली कांग्रेसको नेतृत्वमा दशकौँसम्म भएका लोकतान्त्रिक संघर्षको अविराम यात्राका थुप्रै आरोह, अवरोह र चुनौती पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैँ बनाउने अवसर प्राप्त गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ।

अत्यन्त कठिन साधना र समर्पणको फलस्वरूप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्न स्थानीय तह निर्वाचनमा सहभागी भई मतदान गर्न पनि उनले आह्वान गरेका छन्।