मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख २६ सोमबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २६ सोमबार १२:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरमा माओवादीबाट वडाध्यक्षका उम्मेदवारसहित २४ जना एमाले प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २६ सोमबार १२:२७:oo

माओवादी केन्द्रका तर्फबाट काठमाडौं महानगरपालिकामा वडाध्यक्षका उम्मेदवार बनेका व्यक्ति एमाले प्रवेश गरेका छन्। माओवादी केन्द्रबाट वडा– २४ को अध्यक्षका उम्मेदवार बनेका राजेन्द्र श्रेष्ठ एमाले प्रवेश गरेका हुन्।

सोमबार श्रेष्ठसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई एमाले काठमाडौं जिल्ला सचिव राजेश शाक्यले टीका लगाएर पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेशपछि सम्बाेधन गर्दै श्रेष्ठले गठबन्धनका नाममा उम्मेदवार चयनमा मात्रै नभई उम्मेदवार चयनपछि जिताउने अभियानमा पनि नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएकाले सो पार्टी परित्याग गरेको बताए। पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै एमाले जिल्ला कमिटी सचिव शाक्यले पार्टी प्रवेश गरेका सबैलाई उचित जिम्मेवारी दिने बताए।