१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २६ सोमबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख २६ सोमबार १o:११:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

जिम्बावे ‘ए’सँगको अन्तिम तथा निर्णायक खेल खेल्दै नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख २६ सोमबार १o:११:oo

नेपालले आज घरेलु मैदानमा जिम्बावे ‘ए’सँगको अन्तिम तथा निर्णायक खेल खैल्दै छ । बिहान ९:३० बजे त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले तेस्राे तथा अन्तिम वान डे खेल्न लागेको हो । आजको खेल जितेमा नेपालले वान डे सिरिज आफ्नो पोल्टामा पार्नेछ । नेपालले यसअघिका दुई एकदिवसीय खेलमा एकमा जित र एकमा हार व्यहोरेको छ ।

पहिलो खेलमा नेपाललाई जिम्बावे ‘ए’ले तीन विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालसँग नाै विकेटले पराजित भएको थियो । यसअघि भएको तीन टी–२० सिरिज एक–एकको बराबरीमा सकिएको थियो । आइसिसी पुरुष विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिकामा हुने त्रिकोणात्मक सिरिजको तयारीस्वरूप जिम्बावे ‘ए’सँग अभ्यास गरिरहेको छ ।

 अमेरिकामा हुने त्रिकोणात्मक सिरिजमा नेपालसँगै अमेरिका र ओमान रहेका छन् । ९:३० बजे सुरु हुने खेल पिच भिजेका कारण निरीक्षण गरेपछि मात्रै सुरु हुने जनाइएको छ ।