१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o७:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री देउवालाई चुनावी कार्यक्रममा जान आयोगको अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:२८:oo

तर, कांग्रेस सभापतिको हैसियतमा निजी स्रोत साधनको प्रयोग गर्नुपर्ने

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेस सभापतिको हैसियतमा चुनावी कार्यक्रममा जान अनुमति दिएको छ । निर्वाचन आचारसंहिता, २०७८ बमोजिम आयोगले प्रधानमन्त्री देउवालाई दलको पदाधिकारीको हैसियतमा चुनावी कार्यक्रममा सहभागी हुन अनुमति दिएको हो । 

आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले संसदीय व्यवस्थामा एउटै व्यक्ति पार्टीको पदाधिकारी र अन्य सार्वजनिक पदमा बहाल रहने भएकाले आफ्नो निजी स्रोत साधनको प्रयोग गरेर आफ्नो दलको चुनावी कार्यक्रममा जानका लागि आयोगले बाटो खोलेको बताए । भट्टराईका अनुसार प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम तथा रोजगारमन्त्री किसानकुमार श्रेष्ठलाई निजी स्रोतको प्रयोग गरी चुनावी कार्यक्रममा सहभागी हुन आयोगले अनुमति दिएको हो । 

निर्वाचन आचारसंहिताको दफा ४(क) ‘सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने’ उल्लेख छ ।

केशव स्थापितले दिए ‘स्पष्टीकरण’ 
एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आयोगसमक्ष स्पष्टीकरण दिएका छन् । ‘प्रसंगवश आफ्ना कुरा स्पष्ट गरेको मात्र हो । कसैको चरित्रहत्या गर्ने, मानहानि गर्ने वा निर्वाचनलाई प्रभाव पार्ने खालको क्रियाकलाप गरेको होइन,’ भनी आयोगसमक्ष स्पष्टीकरण दिएको भट्टराईले बताए । 

स्थापितले काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहप्रति गैरराजनीतिक टिप्पणी गरेका थिए । त्यस्तै, १५ वैशाखमा काठमाडौंको धुम्बाराहीस्थित नेसनल कलेजमा भएको सार्वजनिक कार्यक्रममा एक महिलाप्रति आपत्तिजनक अभिव्यक्ति दिएका थिए । सोही विषयमा स्थापितलाई २४ घन्टाभित्र स्पष्ट पार्न आयोगले निर्देशन दिएको थियो ।

ad
ad