१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार ११:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आइजिपी नियुक्तिविरुद्धको मुद्दा न्यायाधीश माथेमाको इजलासमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:४३:oo

सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ तोकेको छ। सर्वोच्चले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दामा न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ तोकेको हो। 

नियुक्तिविरुद्ध एआइजी पोखरेलले १९ वैशाखमा सर्वोच्‍चमा मुद्दा हालेका हुन्।सरकारले गत आइतबार प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको थियो। रिटमा वरिष्ठलाई छाडेर कनिष्ठलाई नियुक्ति गरिएकाले नियुक्ति  बदर गर्न माग गरिएको छ।

ad
ad