१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

लिटमस केबलले गर्‍यो नेपाली क्रिकेट टोलीको जर्सी प्रायोजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:३७:oo

लिटमस केबलले २६ वैशाखसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा जारी रहेको नेपाल र जिम्बावे ‘ए’बीचको द्विपक्षीय एकदिवसीय र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजन गरेको छ ।

सिरिजको तालिकाअनुसार नेपालले १७ वैशाख र १९ वैशाखमा एकदिवसीय खेल खेलिसकेको छ भने बुधबार एकदिवसीय र शुक्रबार, शनिबार तथा सोमबार टी–२० खेल खेल्नेछ । रमेश कर्पोरेसनका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले राष्ट्रिय टिमसँगको सहकार्यले नेपाली क्रिकेटको विकास र सफलतामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत् उद्योग प्रालि नेपालको पहिलो एल्युमिनियम कन्डक्टर स्टिल रिइन्फोस्र्ड उत्पादन कम्पनी हो । यस कम्पनीले चार दशकदेखि अत्याधुनिक जर्मन प्रविधि र पूर्वाधारहरू प्रयोग गरी लिटमस केबल्स ब्रान्डअन्तर्गत उच्चगुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको जनाएको छ ।

ad
ad