१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मनसुन जेठ अन्तिम साताबाट सुरु हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:o५:oo

यो वर्ष मनसुन जेठ अन्तिम साता भित्रिने अनुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार औसतमा मनसुन १३ जुनमा भित्रिने र २ अक्टोबरमा अन्त्य हुने अनुमान छ । विगतमा विभागले १० जुनमा मनसुन भित्रिने र २३ सेप्टेम्बरमा अन्त्य हुने आकलन गर्ने गरेको थियो । तर, पछिल्ला १० वर्षमा मनसुन आगमन र अन्त्यको तथ्यांक तथा ३० वर्षको मनसुनी वर्षाको विश्लेषण गरेर ०७८ देखि नयाँ प्रक्षेपण गरिन थालिएको हो । 

विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा मनसुन धकेलिँदै गएपछि नयाँ मिति तय भएको हो । ‘मनसुन कस्तो हुन्छ भनेर महासागरमा विकसित हुने घटनाक्रम, त्यहाँको तापक्रममा भर पर्छ । त्यसबाहेक हिउँदसहित ऋतुगत वर्षा, तापक्रम र हिमपातले पनि असर गर्छ,’ उनले भनिन्, ‘यो वर्षको मौसम कस्तो हुन्छ भनेर २३ वैशाखमा प्रक्षेपण गर्दै छौँ ।’ नेपालमा कुल वर्षाको ८० प्रतिशत मनसुनमा वर्षा हुन्छ । 

ad
ad