१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल प्रहरीको प्रमुखमा धीरजप्रताप सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५६:oo

मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई नेपाल प्रहरीको प्रमुखमा बढुवा गरेको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन्। 

सिंह यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा कार्यरत थिए। सरकारले केही समयअघि रवीन्द्रबहादुर धानुक र सिंहलाई एआइजी बढुवा गरेको थियो। त्यस्तै, विश्वराज पोखरेल र सहकुलबहादुर थापा केपी शर्मा ओलीको पालामा नै एआइजीमा बढुवा भइसकेका थिए। तत्कालीन सरकारले पोखरेललाई माथिल्लो रोलक्रममा राखेको थियो। 

यी चारैजना प्रहरी महानिरीक्षकको दौडमा थिए। पोखरेल, धानुक र थापालाई पछि पार्दै सिंह आइजिपीमा नियुक्त भएका हुन्। वरीयताका आधारमा उनी तेस्रो स्थानमा रहे पनि सरकारले थापा र पोखरेललाई छाडेर उनलाई अघि सारेको हो। 

हलका आइजिपी शैलेश थापा क्षेत्रीले आजदेखि अवकाश पाउँदै छन्।  सिंहले आजैबाट प्रहरीको वागडोर सम्हाल्नेछन्।