१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उम्मेदवारी फिर्ता लिन पार्टीका नेताहरूलाई विप्लव नेतृत्वको नेकपाको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:o५:oo

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका नेताहरूलाई मनोनयन फिर्ता गर्न आग्रह गरेको छ। आज मंगलबार सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला कञ्चनले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको बैठकको निर्णयविपरीत उम्मेदवारी दिएका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो।

सो पार्टीले आठौँ केन्द्रीय समितिको बैठकबाट पार्टीका सदस्यहरू उठ्न चाहेमा स्वतन्त्र रूपमा उठ्न सक्ने, तर केन्द्रीय समितिका सदस्य र जिल्लाका पदाधिकारी उम्मेदवारमा नउठ्ने निर्णय गरेको थियो। पार्टीको आठौँ केन्द्रीय समितिको बैठकमा स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा दुई धार देखिएपछि नेकपामा विवाद देखिएको छ।

 

 

ad
ad