१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार १५:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेटबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:५५:oo

गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिबीच सम्झौता भएको हो। 

यस सम्झौताअन्तर्गत टोयोटा गाडी खरिद गर्ने ग्राहकलाई गरिमा विकास बैंकले आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ। 

विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश बी. राजभण्डारीले सम्झौतापत्रमा  हस्ताक्षर गरेका छन्। 

अब युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिबाट ग्राहकहरूले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंकबाट आधार दरमा नै अधिकतम १२ वर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन्। 

ग्राहकहरूले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि टोयोटा ब्रान्डको सवारीसाधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन्।  सम्झौतापश्चात् युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले गरिमा विकास बैंकलाई बैंकिङ पार्टनरको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। 

ad
ad