
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता गराएको छ । राप्रपाका तर्फबाट ललितपुर महानगरको मेयरमा अष्टबहादुर महर्जन र उमपेयरमा स्वर्णिमा शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गर्न राप्रपाका नेता तथा कार्यकर्ता र्यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । राप्रपाले महानगरका २९ वटा वडामध्ये २० वटा वडामा वडाध्यक्षको उम्मेदवारी दर्ता गरेको छ ।