पाटनस्थित अक्सिजन उद्योगमा सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु

बिहिबार, ८ बैशाख, २०७९
डिजिटल संस्करण

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको अक्सिजनको सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन उद्योगमा आज बिहान १० बजे सिलिन्डर विस्फोट भएको हो।

विस्फोटपछि प्रहरीको टोली घटनास्थल पुगेको छ। विस्फोटमा एकजनाको मृत्यु भएको र अन्य सातजना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये एककाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ। उपचारका लागि एकजनालाई बी एन्ड बी तथा अन्यलाई पाटन अस्पताल लगिएको छ।

सुझावित समाचार