१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तत्काल नियन्त्रण नगरे भ्रष्टाचारले मुलुकलाई सिध्याइदिन्छ : सभामुख सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५९:oo

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका छन्। भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भीर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसविरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याइदिने बताए।

आइतबारबाट काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’को उद्घाटन गर्दै उनले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको र भ्रष्टाचारविरुद्धको अभियानमा सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे। भ्रष्टाचार बढ्दै गएकोतर्फ सचेत गराउँदै उनले त्यसलाई खबरदारी गर्न ढिलाइ गर्न नहुने स्पष्ट पारे।

‘भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनाको कुरा मात्रै होइन। भ्रष्टाचार भनेको चाहिँ यो राष्ट्रियतासँग जोडिएको कुरा हो। यो बढ्दै गयो, यस्तै गरी हामीले खबरदारी गरेनौँ भने, यसविरुद्ध निसाना सोझ्याएनौँ भने एक दिन यसले हाम्रो प्यारो मातृभूमिलाई खाइदिन्छ,’ उनले भने, ‘म ऐक्यबद्धता जनाउन चाहन्छु यो याममा। किनभने अहिलेको दुनियाँकै समस्या पनि हो। र, नेपालको केही ठूलो गम्भीर समस्या छ भने भ्रष्टाचार नै हो।’

सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्यास्त्र हुने गरी कार्टुनहरू बनाउन पनि कार्टुनिस्टहरूलाई आग्रह गरे। काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको सो प्रदर्शनी तीन दिनसम्म चल्नेछ।