१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १ बिहीबार ०९:५२:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

दरबारमार्ग महोत्सवको तयारी पूरा

थलिएको व्यवसाय ब्युँताउन एफएनसिसिआई, एनसेलसहित निजी क्षेत्र सक्रिय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १ बिहीबार ०९:५२:००

नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते काठमाडौंको दरबारमार्गमा आयोजना हुने १५औँ दरबारमार्ग महोत्सवको तयारी पूरा भएको छ । कोभिड– १९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्य ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारासहित महोत्सव आयोजना हुन लागेको हो । 

महोत्सव नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेल र महासंघको विषेश सहकार्य तथा मुख्य प्रायोजनमा आयोजना हुन लागेको जनाइएको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको आयोजकले जनाएका छन् । 

सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतिका साथ महोत्सवको शुभारम्भ हुने तथा गीत–संगीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ आयोजना हुने जनाइएको छ । महोत्सवमा चर्चित गायक–गायिका, कलाकार तथा सांगीतिक समूहको प्रस्तुति, विभिन्न नेपाली खानाका परिकार र स्वदेशी उत्पादनको विशेष प्रदर्शन–प्रस्तुतिका स्टलहरू, बालबालिकाका लागि छुट्टै किड्स जोन विशेष आकर्षण रहने जनाइएको छ । 

महोत्सवमा शारीरिक रूपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तु पनि प्रदर्शनीमा राखिनेछन् । त्यसैगरी, महिला उद्यमीसहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुका उत्पादन पनि प्रदर्शनीमा रहनेछन् । महोत्सवस्थलमा ६० वटा स्टल रहने उल्लेख गरिएको छ । 

महोत्सवको सहप्रायोजकमा गोरखा ब्रुअरी र रोयल स्ट्याग रहेका छन् । महोत्सवको बैकिङ पार्टनरमा एनआइसी एसिया बैंक, इन्सुरेन्स पाटर्नरमा नेसनल लाइफ इन्स्योरेन्स, बेभरेज पार्टनरमा डाबर नेपाल, अन्य सहयोगी पार्टनरहरूमा नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, मनकामना केबुलकार, केएफसी, पिजाहट, फोन–पे, एनडिज आइसक्रिम, नेपाल डेरी रहेको जनाइएको छ । कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरुत्थान, नवउत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम भइरहेको सन्दर्भमा महोत्सवले ठूलो सहयोग गर्ने आयोजकले विश्वास व्यक्त गरेका छन् ।