१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १८ शुक्रबार ०६:२२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एफएनसिसिआई र एनसेलको सहकार्यमा दरबारमार्ग महोत्सव हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १८ शुक्रबार ०६:२२:००

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा दरबारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारासहित काठमाडौंको दरबारमार्गमा वैशाख ३ गते दरबारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो । 

महोत्सव नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँगको सहकार्यअन्तर्गत संयुक्त रूपमा आयोजना गर्न लागेको हो । महोत्सवको सहप्रायोजकमा गोरखा ब्रुअरी रहेको छ । महोत्सवमा सम्पूर्ण रूपमा नेपाली कला संस्कृति झल्कने प्रस्तुति गरिने आयोजकले जनाएका छन् । 

महासंघका अध्यक्ष शेखर गोल्छाले थलिएको पर्यटन उद्योगलाई यसले राहत दिनुका साथै राजधानीमा हुने यो कार्यक्रमले देशैभर निकै ठूलो सन्देश जाने विश्वास व्यक्त गरेका छन् । महोत्सवका लागि महासंघसँग भएको सहकार्यका बारेमा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले कोभिड महामारीका कारण विश्व पर्यटन क्षेत्रले ठूलो चुनौतीको सामना गरिरहेको बताए ।

अर्थतन्त्रमा पर्यटन एक प्रमुख आधार रहेको नेपाल पनि यो समस्याबाट अछुतो नरहेको उनको भनाइ थियो । प्रमुख कार्यकारी अधिकृत चोङले आन्तरिक पर्यटन, लघु, घरेलु, साना तथा माझौला उद्यमलाई प्रवर्द्धन गर्दै पुनरुत्थानमा सहयोग पु¥याउन महासंघसँग सहकार्य गर्न पाएकोमा उनले खुसी व्यक्त गरेका थिए । 

महोत्सवमा दीपक बज्राचार्य, समृद्धि राई विथ ब्यान्ड, सुवानी मोक्तान, सन्दीप क्षत्री, शास्त्रीय सांगीतिक समूह सुरसुधालगायतले आ–आफ्ना प्रस्तुतिहरू दिने जनाइएको छ । साथै, सातै प्रदेशबाट विभिन्न जातजातिका सांस्कृतिक नृत्यहरू दरबारमार्ग आसपासका सडकमा प्रस्तुत गरिने आयोजकले जानकारी दिएका छन् । कार्यक्रमको मुख्य आकर्षणका रूपमा महोत्सव अवधिभर विभिन्न नेपाली खानाका परिकारहरू र नेपाली उत्पादनहरूका ६० वटा स्टल रहने जनाइएको छ ।