Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २८ सोमबार ०६:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले र राप्रपा (नेपाल)बीच तालमेल तय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २८ सोमबार ०६:५१:००

प्रमुख प्रतिपक्ष दल एमाले र कमल थापा नेतृत्वको  राप्रपा (नेपाल)बीच चुनावी तालमेल करिब निश्चित भएको छ । राप्रपा नेपालसँग निरन्तर संवादमा रहेका एमाले नेता देवेन्द्र दाहालले सोमबारसम्म निर्णयमा पुगिने बताए । 

‘राप्रपा नेपालसँग कुरा भइरहेको छ । आज फाइनल हुन्छ होला । उहाँहरूले उम्मेदवार नउठाएको ठाउँमा हामीलाई सघाउने भन्ने छ । कतिपय पालिकामा समझदारी गरेर उठाउँछौँ । यसपटक उहाँहरूले सूर्य चिह्नमा उठ्ने भन्ने छ,’ उनले भने । 

गठबन्धन गर्न दुवै पक्षबीच सहमति भएको राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठको भनाइ छ । ‘एमालेसँग गठबन्धन गर्ने भन्ने विषय करिब–करिब टुंगो भइसकेको छ । कुरा धेरै अघि बढिसक्यो । यसबीचमा हामीले धेरै छलफल पनि गर्‍यौँ,’ उनले भने । 

स्थानीय निर्वाचनमा एक्लै लड्ने केन्द्रीय नीति भए पनि एमाले केन्द्रीय कमिटी बैठकले जिल्लामा भने तालमेल गर्न सकिने स्पष्ट गरिसकेको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र एमालेबीच भने छलफल रोकिएको छ । राप्रपा एक्लै चुनावी मैदानमा जाने योजनामा रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।