१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भक्तपुर बिस्केट जात्रा : सुरक्षाका लागि एक हजार प्रहरी परिचालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:१४:oo

भक्तपुरको दरबार क्षेत्रमा आज साँझदेखि सुरु हुने ऐतिहासिक बिस्केट जात्राको सुरक्षामा एक हजार प्रहरी परिचालन गरिने भएको छ। प्रहरी हेडक्वार्टर, महानगरीय प्रहरी कार्यालय रानीपोखरी र भक्तपुर परिसरबाट उक्त प्रहरी टोली खटाइएको हो।
 
यसबाहेक एक हजारभन्दा बढी सशस्त्र प्रहरी पनि त्यस क्षेत्रमा परिचालन गरिएको छ। बिस्केट जात्राको पहिलो र अन्तिम दिन भिडभाड धेरै हुन्छ। जसका कारण धेरै सुरक्षाकर्मी परिचालन गर्नुपरेको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए।

केसीका अनुसार जात्रामा हुने सम्भावित झगडा रोक्न त्यस क्षेत्रमा उक्त संख्यामा प्रहरी परिचालन गरिएको हो। जथाभावी मदिरा सेवन गर्ने तथा होहल्ला र झगडा गर्नेमाथि प्रहरीले कारबाही गर्नेछ।

ad
ad