१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मिस्टर बाबु साबलाई रेस्लिङ प्रतियोगिताको उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:५१:oo

मिस्टर बाबु साबले रेस्लिङ प्रतियोगिताको रोयल रम्बलमा चार प्रतिस्पर्धीलाई पराजित गर्दै किङ अफ द रिङको उपाधि शुक्रबार जितेका छन् । वसन्तपुर डबलीमा भएको प्रतियोगितामा बाबु साबले नेपालका नेपाली ब्रो, यति, स्कोरपियन, लिजार्ड किङसहित दुई भारतीय रेस्लरलाई पराजित गर्दै उपाधि हात पारेका हुन् ।

हिमालयन टाइगर प्रो रेस्लिङ संघद्वारा आयोजित प्रतियोगिताको महिलामा भगवती र जुरेलीबीचको भिडन्तमा जुरेली विजयी भइन् । बाबु साब, यती र हिलायन टाइगरबीच भएको थ्री वे कर्नरमा हिमालयन टाइगरले जित हात पारे ।

यसैबीच, नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । एकदिने रेस्लिङ भृकुटीमण्डपमा हुनेछ । रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरको भिडन्त हुने फाउन्डेसनकी अध्यक्षसमेत रहेकी रेस्लर भगवती खड्काले जनाएकी छन् । नेपालबाट भगवतीसहित नेपाली ब्रो (कुमार थापा), कम्ब्याट किङ (अभिराज सिंह),  अस्मिता सुनार (जुरेली), सपना माझी, सपना गोपाली, मनीषा रानाभाट, स्नेहा थापामगरलगायलते प्रतिस्पर्धा गर्नेछन् ।

अमेरिकाबाट पेट्रो ओटेगा, भारतबाट अमित र अस्सासियन तथा पाकिस्तानबाट शेर खानले प्रतिस्पर्धा गर्ने अध्यक्ष खड्काले जानकारी गराइन् । निर्णायक गुणराज रुचालले खेल सञ्चालन गर्नेछन् । चैतेदशैँ तथा नयाँ वर्षको अवसरमा प्रतियोगिता हुन लागेको हो ।

ad
ad