१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १९:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

 घोषणापत्रका लागि कांग्रेसले माग्यो सार्वजनिक सुझाब, लोकतन्त्र दिवसमा सार्वजनिक गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:५९:oo

नेपाली कांग्रेसले घोषणापत्र तयारीलाई तीव्रता दिएको छ। कांग्रेसले स्थानीय घोषणापत्रका लागि सार्वजनिक सूचनामार्फत सुझाब माग गरेकाे छ भने सामाजिक सञ्जाल र टेलिफोनबाट समेत राय संकलन गरिरहेको छ।  घोषणापत्रका लागि महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले काम गरिरहेको छ । बिहीबार बसेको समिति बैठकले कार्यविभाजनसहित सुझाब, संकलन, लेखनलगाायतका कामलाई अगाडि बढाएको हो।

यसका लागि महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत सुझाब  दिन अनुरोध गरेका छन्। ‘आसन्न स्थानीय तहको निर्वाचनको लागि गठित नेपाली कांग्रेस घोषणापत्र तयारी समितिको बैठकमा घोषणा पत्रमा समेटिनुपर्ने विषयका बारेमा छलफल भयो,’ महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेसको घोषणापत्रलाई थप यथार्थपरक बनाउन आवश्यक सल्लाह, सुझाब प्रदान गर्न पार्टीपंक्ति, आमजनता र विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरूलाई नेपाली कांग्रेस हार्दिक अनुरोध गर्दछ।’

समिति सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार बिहीबार बसेको पहिलो बैठकपछि घोषणापत्र तयारीको काम समानान्तर रूपमा अगाडि बढेको छ। उनले बिहीबारको कार्यविभाजनसँग उपसमितिमार्फत सुझाब संकलन, लेखन तथा प्राविधिक काम समानान्तर रूपमा भइरहेको नयाँ पत्रिकालाई जानकारी दिए। उनले कार्यविभाजनपछि आफू नेतृत्वको उपसमितिले कांग्रेसका तर्फबाट स्थानीय तहका प्रमुख ,उपप्रमुख ,कांग्रेसका ७५३ वटै पालिका कार्यसमिति र महाधिवेशन प्रतिनिधिको सुझाब संकलन भइरहेको छ। ‘हामीले कांग्रेसका तर्फबाट स्थानीय तहका प्रमुख, उपप्रमुख, कांग्रेसका पालिका कार्यसमिति र महाधिवेशन प्रतिनिधिलाई गरी ६ हजार एक सय म्यासेज गरिसकेका छौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘टेलिफोनमार्फत पनि हामीले राय लिइरहेका छौँ। अरू उपसमितिले पनि समानान्तर रूपमा काम गरिरहेका छन्। 

कांग्रेसले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ। अर्का समिति सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य किरण गिरीले पनि आफूले पाएको कार्यविभाजनअनुसार सामाजिक सञ्जाल परिचालन गरी सुझाब संकलन भइरहेको जानकारी दिए। उनले आफूले पाएको कार्यविभाजनअनुसार ‘सूचना सम्पर्क तथा सामाजिक सञ्जाल उपसमितिले काम फेसबुक, ट्विटर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालमार्फत सुझाब संकलन गरिरहेका छौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘सबै समितिले काम गरिरहेका छन्। लोकतन्त्र दिवसको अवसर पारेर घोषणापत्र सार्वजनिक गर्ने तयारी छ।’

ad
ad