१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
२o८१ जेठ १३ आइतबार १४:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न नेपाल आफैँ सक्छ : प्रधानमन्त्री देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १४:५३:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताएका छन् । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्न नेपाल आफैँले सक्ने बताएका हुन् । 

प्रधानमन्त्री देउवाले काठमाडौंमा फोहोर व्यवस्थापन अत्यन्त जरुरी भइसकेको बताए ।  उनले धरानमा फोहोरबाट बिजुली र ग्यास उत्पादन गरी टेम्पोलगायतका साना सवारीसाधन सञ्चालन गरिएको भन्दै काठमाडौंको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए ।फोहाेरको व्यवस्थापन गरेर, त्यसको ट्रिटमेन्ट गरेर  बिजुली, ग्यास दुईवटै निकाल्न सकिने सम्भावना बढेको छ । यो काम नेपाल आफैँले गर्न सक्छ । विदेशी पनि ‘इन्भेष्टमेन्ट’ गर्न तयार छन् । काठमाडौंजस्तो सुन्दर सहर अहिले जताततै फोहोरको थुप्रो भएको छ । यो हामी नेपालीको लागि बेइज्जत र लाजमर्दो कुरा हो,’ प्रधानमन्त्री देउवाले भने, ‘काठमाडौंलाई ‘क्लिन, ग्रिन’ बनाउन जरुरी छ । त्यसलाई व्यवस्थापन गरे मात्र पनि रोगको संक्रमण कम हुन्छ । के–के सहयोग चाहिन्छ सरकारले गर्न तयार छ । फोहोर व्यवस्थापन गर्नुहोस् । यसलाई डम्पिङसाइटभन्दा पनि ‘ट्रिटमेन्ट प्लान्ट’ बनाएर यसबाट फाइदा लिऔँ ।’

उनले बालबालिकालाई लगाइने खोप अभियानमा टाइफाइड समावेश गरेसँगै नेपाल दक्षिण एसियामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो मुलुक बनेको बताए । 

ad
ad