१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o८:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बाढीपीडितलाई सरकारको राहत, प्रतिपरिवार ४१२ रुपैयाँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:५४:oo

बेमौसमी वर्षाले जिल्लाको तिला र तातोपानी गाउँपालिकाका एक हजार एक सय १२ किसानको एक हजार आठ सय ७३ कट्ठामा लगाएको जुम्ला मार्सीधानमा क्षति पुगेको थियो । जसका कारण संसारको उच्च स्थानमा फल्ने मार्सीधान लोप हुने संकेत देखिएको तातोपानी गाउँपालिका–३, तिलाकोट गाउँका कृषक रामकृष्ण न्यौपानेले बताए । 

मार्सीधान लगाएको खेत नै बगाएका किसानलाई राहतका लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले १९ लाख ३५ हजार चार सय ६५ रुपैयाँ गृह मन्त्रालयमा माग गरेको थियो । तर, गृह मन्त्रालयबाट पाँच लाख रुपैयाँ मात्र प्राप्त भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिइन् । उनले भनिन्, ‘क्षतिभन्दा कम राहत प्राप्त भएपछि अहिले त्यो रकम के गर्ने, के गर्ने भएको छ ।’ 

गृह मन्त्रालयले पठाएको रकम भागबन्डा गर्दा प्रतिकिसानको भागमा चार सय १२ रुपैयाँ मात्र पर्छ । उनले भनिन्, ‘यति सानो रकम किसानको खातामा पठाउन पनि सकिएको छैन । नपठाउने हो भने फ्रिज हुने चिन्ता बढेको छ, पठाउने हो भने यो रकमले एक छाकसमेत टर्दैन । निकै समस्या भएको छ ।’ उनले थप रकमका लागि कर्णाली प्रदेश सरकारसँग पहल भएकाले पर्खाइमा रहेको बताइन् ।

चालू आर्थिक वर्षमा विपद्बाट सातजनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । जिल्लामा आएको बेमौसमी बाढीले पातारासी गाउँपालिकामा एकजना, हिमामा एकजना, तातोपानीमा तीनजना र हिमपहिरोमा परेर तातोपानी गाउँपालिकामै दुईजना गरी सातजनाको मृत्यु भएको तथ्यांक छ । विपद्का कारण मृत्यु भएका ६ जनाको परिवारलाई जनही दुई लाख रुपैयाँ र एकजनाको परिवारलाई एक लाख रुपैयाँ गरेर १३ लाख रुपैयाँ राहत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी प्रसार्इंले बताइन् । 

ad
ad