१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चोभार सुक्खा बन्दरगाह सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o८:oo

चोभार सुक्खा बन्दरगाह औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बन्दरगाहको उद्घाटन गरेसँगै औपचारिक रूपमा सञ्चालनमा भएको हो।  वीरगन्जबाट सामान लिएका तीनवटा कन्टेनरलाई बन्दरगाहमा प्रवेश गराएर सञ्चालनको  शुभारम्भ गरिएको थियो। यो बन्दरगाह सुरु भएसँगै व्यवसायीहरूले अब काठमाडौंबाटै भन्सार जाँच पास गराउन सक्नेछन्।

सामग्री लिएर चोभारको बन्दरगाहसम्म आउने कन्टेनरमा अहिलेको नाकाको भन्सारले सिल लगाएर जिपिएस सिस्टम जडान गरेर पठाउनेछ। यसरी सिल लगाएर र जिपिएस सिस्टम जडान गरेर पठाइएका कन्टेनरहरू सुक्खा बन्दरगाहमा आएपछि सिल र जिपिएस चेक गरेर मात्रै भन्सार पास हुनेछ। चोभार सुक्खा बन्दरगाहमा पाँच सय कन्टेनर र पाँच सय ट्रक अट्ने क्षमता छ।