मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format ११:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रजनन स्वास्थ्य पहिचान घुम्ती शिविरमा ३७ महिलाले गराए चेकजाँच

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२२:oo

पर्साको पोखरीया नगरपालिकामा ‘स्वस्थ महिला, सुखी परिवार’ कार्यक्रमअन्तर्गत प्रजनन स्वास्थ्य पहिचान गर्न घुम्ती शिविर सञ्चालन भएको छ । नगरपालिका कार्यालयको स्वास्थ्य शाखाले दुईदिने घुम्ती शिविर सञ्चालन गरेको हो।

वसन्तपुर स्वास्थ्यचौकीमा सञ्चालन भएको घुम्ती शिविरमा ३७ महिलाहरूले चेकजाँच गराएका छन्। तीमध्ये ६ जनाको निःशुल्क अप्रेसन हुने स्वास्थ्यकर्मी खुस्बु मिश्राले जानकारी दिइन्। उनका अनुसार प्रजनन स्वास्थ्य पहिचान गर्न घुम्ती शिविरमा पाठेघरको मुखको क्यान्सर फेला परेकालाइ निःशुल्क अप्रेसन गरिनेछ।

शिविरमा महिलामा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या रहे–नरहेको तत्काल जाँच गरेर समस्या देखिएकालाई निःशुल्क शल्यक्रियाका लागि प्रक्रिया अगाडि बढाइएको मिश्राले बताइन्। शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच, पिसाब चुहिने रोगको पहिचान र उपचार, आङ खस्ने समस्याको उपचारलगायत महिला प्रजननसम्बन्धी रोगको परीक्षण गरिएको थियो।

निःशुल्क शल्यक्रियाका लागि बिरामीको सम्पूर्ण खर्च शिविर आयोजक नगरपालिकाको स्वास्थ्य शाखाले व्यहोर्ने मिश्राले बताइन्। यो कार्यक्रम आइतबार पोखरिया अस्पतालमा सञ्चालन गर्ने तयारी गरिएको छ ।