१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

सहभागी मुख्य स्रष्टाले रोयल्टी पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:o९:oo

छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ सिल्ड खुला दोहोरी गीत प्रतियोगिताको सहभागी मुख्य स्रष्टाहरूले रोयल्टी पाउने भएका छन् ।  प्रतिस्पर्धीहरूले गीत गाउँदा प्रयोग भएको भाकाको मूल स्रष्टाहरूले रोयल्टी पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रयोग भएका भाकाहरूको रोयल्टी संगीत रोयल्टी संकलन समाजमा बुझाएर मूल स्रष्टालाई रोयल्टी वितरण गरिने आयोजकले जानकारी दिएको हो । प्रतियोगितामा शुक्रबार २० समूहले भाग लिएका छन् । 

प्रतियोगितामा बाँकी रहेका समूहले शनिबार प्रतिस्पर्धा गर्ने संयोजक तथा प्रष्ठिानका केन्द्रीय उपमहासचिव शिव हमालले जानकारी दिएका छन् । प्रतियोगिताको तेस्रो दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष तथा आयोजक कमिटीका अध्यक्ष रमेश बिजीको अध्यक्षता रहेको थियो । प्रतियोगिताको तेस्रो दिन चर्चित कलाकारहरूको प्रस्तुतिसमेत राखिएको थियो । सहयोगीदाता र आजीवन सदस्यता लिने व्यक्तिलाई सम्मान पनि गरिएको थियो । 

काठमाडौंको भृकुटी मण्डपमा चलिरहेको दोहोरी गीत प्रतियोगिता भर प्रतिष्ठानका पूर्वकेन्द्रीय अध्यक्ष चन्द्र शर्माले निर्णायक संयोजकको भूमिका निर्वाह गरिरहेका छन् । निवर्तमान केन्द्रीय अध्यक्ष बद्री पंगेनी सहसंयोजकमा छन् । 

ad
ad