१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o८:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एमेच्योर खेलाडी सुभाष शीर्ष स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:२५:oo

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का दोहोरो स्वर्णपदक विजेता सुभाष तामाङ बुधबारदेखि सुरु भएको सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौँ इभेन्ट सूर्य नेपाल वेस्टर्न ओपनको शीर्ष स्थानमा रहेका छन् । एमेच्योर खेलाडी सुभाष हिमालयन गल्फ कोर्स, पोखरामा पहिलो दिन २ अन्डर ६६ स्कोर गर्दै शीर्ष स्थानमा रहेका हुन् । 

दोस्रो स्थानका जयराम श्रेष्ठले इभन पार ६८ स्कोर बनाए । स्थानीय एमेच्योर अजित विक र व्यावसायिक गल्फर रमेश अधिकारी एक ओभर ६९ स्कोर साथ संयुक्त तेस्रो स्थानमा छन् । रामे मगर दुई ओभर ७० स्कोरका साथ पाँचौँ स्थानमा छन् । दिनेश प्रजापति, निरज तामाङ र धनबहादुर थापा ३ ओभर ७१ स्कोरका साथ संयुक्त छैटौँ स्थानमा रहेका छन् । 

नेपालका नम्बर एक खेलाडी भुवन नगरकोटी र रवि खड्का चार ओभर ७२ स्कोर जोड्दै शीर्ष १० स्थानमा छन् । भुवनले सातौँ होलमा होल इन वन प्रहार गरेका थिए । उनले अन्तिम होलमा बोगी खेप्न पुगे ।  शीर्ष स्थानका सुभाषले तेस्रो, पाँचौँ, छैटौँ, १३औँ र १६औँ होलमा बर्डिज प्रहार गरे । उनले नवौँ होलमा डबल बोगी र १०औँ होलमा बोगी खेपे ।

सुभाषले पहिलो चरणमा दुई अन्डर ६६ स्कोर गरेका थिए । पहिलो चरणमा उनले प्रोसेफनल खेलाडी जयरामविरुद्ध दुई सटको अग्रता बनाए । शीर्ष स्थानमा रहेका सुभाषले फन्ट नाइनमा एक अन्डर ३४ को स्कोर गरेका थिए । यसैगरी जयरामले फन्ट नाइन र ब्याक नाइनमा समान एक अन्डर ३४ को स्कोर गर्न सफल भए । 

प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता १ अप्रिलसम्म हुनेछ । ५४ होलको प्रतियोगितामा २५ व्यावसायिक र १४ एमेच्योर खेलाडीको सहभागिता रहनेछ । इभेन्टको अन्तिम दिन २ अप्रिल शनिबार प्रोएम इभेन्ट हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ३५ हजार र उपविजेताले ६५ हजार रुपैयाँ पाउनेछन् ।

ad
ad