१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o६:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नियमित विद्युत् नपाए उद्योग बन्द गर्न बाध्य हुने उद्योगीको चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:४८:oo

औद्योगिक क्षेत्रमा १४ घन्टासम्म अघोषित लोडसेडिङ भएको भन्दै उद्योगीहरूले नियमित विद्युत् आपूर्ति गराउन माग गरेका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र उद्योग परिसंघ प्रदेश नम्बर १ ले कोभिड महामारीको मारमा परेका उद्योगहरूमा गरिएको विद्युत् कटौतीले झन् समस्या परेको बताएका हुन् ।

विद्युत्को मूल्यवृद्धि भएको बहानामा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न नमिल्ने, उद्योगलाई आवश्यक विद्युत् उपलब्ध गराउने दायित्व सरकारको भएकाले पूरा गर्नुपर्ने उनीहरूको माग छ । बिजुली अभावकै कारण बन्द भएमा समग्र देशकै अर्थतन्त्र प्रभावित हुने उद्योगीहरूले चेतावनी दिएका छन् । उद्योग संगठन मोरङकाअनुसार सुनसरी मोरङमा सञ्चालन भइरहेका ठूला–साना पाँच सयभन्दा बढी उद्योगमा ५० हजारजति कर्मचारी कार्यरत छन् ।  

भारतले नदिएको भन्दै प्राधिकरणले दैनिक १४ घन्टासम्म आद्योगिक क्षेत्रमा लोडसेडिङ गर्दा उद्योग कलकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए । उनी भन्छन्, ‘तत्काल विद्युत् आपूर्ति सूचारु नगर्ने हो भने सम्पूर्ण उद्योग बन्द गर्न हामी बाध्य हुनेछौँ । ‘पछिल्लो समयमा उद्योगमै पुगेर चाहिएजति विद्युत् दिन्छौँ भन्दै सरकारले लगानी बढाउन प्रेरित गरिरहेको, तर एक्कासी मूल्यवृद्धि भयो भनेर विद्युत् आयात गर्न सकिएन भन्ने बहाना बनाएर मारमा परेका औद्योगिक क्षेत्रको विद्युत् कटौती गरेर झन् मारमा पार्नु सरकारको दोहोरो चरित्र हो’ उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले भने । 
 

ad
ad