Skip This
स्थानीय निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : पृथ्वी सुब्बा गुरुङ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत ११ शुक्रबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत ११ शुक्रबार २o:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : पृथ्वी सुब्बा गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत ११ शुक्रबार २o:२९:oo

नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत हासिल गर्ने दाबी गरेका छन् । एमाले तनहुँ जिल्ला कमिटीले शुक्रबार बेलचौतारामा आयोजना गरेको घोषणासभामा उनले  स्थानीय तहको निर्वाचनमा एमालेको जितलाई कसैले रोक्न नसक्ने जिकिर गरे । 

‘एमालेप्रति देशभर जनताको आकर्षण बढेको छ, सोही कारण एमालेको जित निश्चित छ,’ उनले भने, ‘एमालेलाई हराउने कुनै शक्ति छैन ।’ विगतमा पार्टी छाडेर जाने पनि पुनः एमालेमै फर्किने लहर चलेको उनको भनाइ थियो । एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले केपी ओली नेतृत्वको सरकारले गरेका कामका कारण जनतामा एमालेको आकर्षण बढेको बताए ।