१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रोटोन एक्स–फिफ्टी नेपाली बजारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:२३:oo

प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले प्रोटोन एक्स–फिफ्टी गाडी नेपाली बजारमा ल्याएको छ । कम्पनीले अघिल्लो वर्ष नेपाली बजारमा भित्रिएको प्रोटोन एक्स–सेभेन्टीको सफलतापछि कम्प्याक्ट एसयुभी प्रोटोन फिफ्टी नेपाल भित्र्याएको हो ।

यो गाडीमा भएका विशेषताका कारण विभिन्न देशमा चर्चित रहेको र मलेसियामा सबैभन्दा बढी माग भएको गाडीको पहिचान बनाएको कम्पनीले जनाएको छ । १.५ लिटर टर्बोचाज्र्ड थ्री–सिलिन्डर इन्जिन रहेको यो गाडीको स्ट्यान्डर्ड, प्रिमियम र फ्ल्यागसिप संस्करण नेपाली बजारमा ल्याएको जगदम्बा मोटर्सले जनाएको छ ।

विशेषता
यसको स्ट्यान्डर्ड र प्रिमियम संस्करणले ५५०० आरपिएममा १५० पिएस पावर उत्पादन गर्ने कम्पनीको दाबी छ । त्यस्तै, १५०० देखि ४००० आरपिएममा २२६ एनएम टर्क उत्पादन गर्ने जनाइएको छ । त्यस्तै, फ्ल्यागसिप संस्करणले ५५०० आरपिएममा १७७ पिएस पावर उत्पादन गर्ने तथा १५०० देखि ४००० आरपिएममा २५५ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । यसमा म्यानुअल मोडमा सात गेयर रहेको जनाइएको छ । 

यो गाडीमा डुअल टोन इन्टेरियर एन्ड एक्सटेरियरका साथै फुल एलइडी हेडल्याम्प, एलोय ह्विल, क्वाड उक्सहस्ट टेलपाइप्स, फ्लोटिङ फ्लोर कन्सोल, पानारोमोकी सनरूप, एलसिडी मिटर कम्बिसन–फ्रन्ट वेलकम ल्याम्पजस्ता सुविधा रहेको कम्पनीको दाबी छ । 

सुरक्षा विशेषताका रूपमा यो गाडीमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फरवार्ड वार्निङ कोलिजन, एडप्टिभ क्रुज कन्ट्रोल विथ स्टप एन्ड गो, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, लेन किप एसिस्ट–ब्लाइन्ड स्पट इन्फर्मेसन सिस्टमका साथै सिक्स एसआरएस एयरब्याग, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटोपार्क एसिस्ट-३६० डिग्री क्यामराजस्ता सुविधा रहेको जनाइएको छ । चालकलाई थप सुविधा दिन यसमा भ्वाइस कमान्ड, थ्री युएसभी पोर्टस् र स्मार्ट फोन कनेक्टिभिटी रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, ड्राइभर पावर सिट, अटो रेन सेन्सिङ वाइपर्स, अटो एयर कन्डिसनिङ र एन९५ क्याबिन फिल्टरको सुविधा रहेको कम्पनीको दाबी छ । एक्स–फिफ्टी सार्वजनिक गर्दै जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवालले प्रोटोनको विश्वव्यापी रोजाइ र यो गाडीको विदेशमा सफलता देखेर नेपाली बजारमा भित्र्याएको बताए । सिइओ दीपक अग्रवालले यस सेग्मेन्टमा अरू ब्रान्डभन्दा बढी सुविधा रहेकाले नेपाली ग्राहकको विश्वासलाई अझ बढाउने बताए । 

ad
ad