१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका संखुवासभा
२०७८ चैत ७ सोमबार १३:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम छ : केन्द्रीय सदस्य गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
२०७८ चैत ७ सोमबार १३:३९:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री तारामान गुरुङले स्थानीय तहको निर्वाचन लड्न कांग्रेस एक्लै सक्षम रहेको बताएका छन्। सोमबार कांग्रेस मकालु गाउँपालिकाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले कांग्रेसलाई कसैको सहारा नचाहिने बताए।

पार्टीले सञ्चालन गरेको ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानअन्तर्गत संखुवासभा आएका उनले आगामी शुक्रबार पार्टी केन्द्रीय समितिको बैठक आह्वान भइसकेकाले बैठकबाटै गठबन्धनबारे निर्णय हुनेसमेत बताए।

आगामी स्थानीय तहको निर्वाचनका लागि सरकार पूर्ण तयारीमा जुटेको र निर्वाचन आयोगले समेत कार्यतालिका सार्वजनिक गरिसकेकाले गाउँ तहसम्म तयारीमा जुट्न केन्द्रीय सदस्य गुरुङले कार्यकर्तालाई निर्देशन दिए।

जनताले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्न म्यान्डेट दिए पनि कम्युनिस्टहरूले कांग्रेसलाई सत्ता बुझाएकाे भन्दै उनले कम्युनिस्टले देश हाँक्न सक्दैनन् भन्ने पुष्टि भएको दाबी गरे।