मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ फाल्गुण १९ बुधबार ०८:२५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

हेलिकोप्टरबाजे अर्थात् तारामान गुरुङ : बिरामीको उद्धार गर्न आफैँ गाउँगाउँ पुग्छन्

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ फाल्गुण १९ बुधबार ०८:२५:००

काठमाडौंसहित देशका अन्य भागमा तारामान गुरुङलाई कांग्रेसको नेता, पूर्वस्वास्थ्य राज्यमन्त्रीका रूपमा चिन्ने धेरै छन् । उनले संविधानसभा निर्वाचन–०७० मा संखुवासभा निर्वाचन क्षेत्र नम्बर १ मा विजय हासिल गरेका थिए ।

यस्तै ०७३ मा गगन थापा स्वास्थ्यमन्त्री हुँदा उनी स्वास्थ्य राज्यमन्त्री बनेका थिए । तर, पूर्वी पहाडी जिल्ला संखुवासभाको दुर्गम क्षेत्रमा भने उनी राजनीतिकर्मी भन्दा पनि ‘हेलिकोप्टरबाजे’का रूपमा परिचित छन् । 

संखुवासभामा यातायात र स्वास्थ्य उपचार सेवाको अवस्था निकै नै कमजोर छ । आकस्मिक रूपमा कोही बिरामी परे जिल्ला सदरमुकामस्थित अस्पताल ल्याउनसमेत कम्तीमा एक साता लाग्छ । कति बिरामीको त उपचार नै नपाई मृत्युसमेत हुने गरेको छ ।

तर, कोही व्यक्ति बिरामी परेको खबर पाए हेलिकोप्टरबाजे अर्थात् तारामान गुरुङ हेलिकोप्टर लिएर गाउँमा पुगिहाल्छन् । संखुवासभाको मकालु गाउँपालिका–२ मा जन्मिएका गुरुङ यस क्षेत्रका बिरामीका आफन्तको सारथि बनेका छन् । उनी हरेक महिनाजसो बिरामी र घाइतेको उद्धार गर्न जिल्ला पुगेकै हुन्छन् । 

आर्थिक अवस्था दरिलो नभए पनि उनलाई ग्रामीण भेगका बासिन्दाले गाह्रोसाह्रोमा खुबै सम्झने गर्छन् । उनी पनि स्थानीयले सम्झिएलगत्तै सहयोग गर्न हेलिकोप्टर लिएर सकेसम्म आफैँ बिरामीको गाउँसम्म पुग्छन् । गोजीमा धेरथोर रकम भएको समयमा अस्पतालको खर्चसमेत बेहोरिदिन्छन् । कांग्रेसबाट राजनीति गरेको भए पनि ग्रामीण भेगका बासिन्दालाई यो दल त्यो दलको राजनीतिसँग मतलब छैन । उनी कांग्रेसबाट चारपटक जिल्ला सभापति पनि बनिसकेका छन् । 

सदरमुकाम पुग्न पाँच दिन
चीनसँग सिमाना जोडिएको भोटखोला पुग्न सदरमुकामबाट पाँच दिनको पैदल यात्रा गर्नुपर्छ । स्वास्थ्य राज्यमन्त्री हुँदा उनले संखुवासभाको १५ शड्ढयाको जिल्ला अस्पताललाई ५० शय्या पुर्‍याउने निर्णय पनि गरेका थिए । जुन अहिले निर्माणाधीन अवस्थामा छ ।