मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत ६ आइतबार
  • Thursday, 18 September, 2025
२o७८ चैत ६ आइतबार १७:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्रकाे कर्णाली प्रदेश प्रमुख सचेतक विष्ट एमाले प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ६ आइतबार १७:३८:oo

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्मरबहादुर विष्टसहित १५० जना एमालेमा प्रवेश गरेका छन्। आइतबार सुर्खेतमा भएको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाका क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन्। 

प्रमुख सचेतक रहेकै समयमा विष्टले फागुन २७ गते पार्टीबाट राजीनामा घोषणा गरेका थिए। राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको दिसामा पार्टी नेतृत्व लाग्न नसकेको, कार्यकर्तालाई सडकमा पठाएर एमसिसी पारित गरेको जस्ता कारण देखाउँदै उनले माओवादी त्याग गरेका हुन्।