१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत ५ शनिबार १५:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ : नेता खनाल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत ५ शनिबार १५:३६:००

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन् । पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले संसद् विघटन गरेर संविधानको उल्लंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिनुपर्ने बताएका हुन् । 

‘अब सजाय दिने वेला आएको छ । अब यो आउने निर्वाचनमा केपी ओलीले सबभन्दा ठूलो साजय पाउनुपर्छ । र, उनको बाकसमा जिरो मत पर्नुपर्छ’, नेता खनालले भने, ‘तब मात्रै वास्तवमा नेपाली जनताले सही ढंगले संविधानको रक्षा गरेको ठहरिन्छ । तपाईँ, हामीले पनि संविधानको रक्षा गरेको ठहरिन्छ । यस्ता खालका अपराधिक काम उनले (केपी ओलीले) गरेका छन् ।’

ऐन उल्लंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रूपमा जीवन बिताउनुपर्ने, तर, संविधान उल्लंघन गर्दा पनि केपी ओलीले सजाय नपाउने अवस्था रहन नहुने भन्दै नेता खनालले नेपाली जनताले उनलाई निर्वाचनको माध्यामबाट सजाय दिनुपर्ने धारणा राखे ।  उनले आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने दाबी गर्दै उनको बाकसमा ‘जिरो’ मत पर्नुपर्ने बताए । 
उनले संविधानको प्रावधानविरुद्ध गएर संसद् विघटन गर्ने योजना बनाउने काममा ओलीलाई सहयोग गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीप्रति असन्तुष्टि पनि व्यक्त गरे ।

खनालले आगामी निर्वाचनमा सत्तारुढ दलहरुबीच खासखास ठाउँमा मात्रै चुनावी तालमेल हुने भन्दै आफ्नै खुट्टामा उभिएर निर्वाचनमा विजयी हुने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।