मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १ मंगलबार ०६:५२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्माण व्यवसायी महासंघमा सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १ मंगलबार ०६:५२:००

नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)को नवनिर्वाचित पदाधिकारीको शपथग्रहण सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अघिल्लो कार्यकालमा समेत अध्यक्ष रहेका रवि सिंह पुनः निर्वाचित भएका हुन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा विजयी भए । एसोसिएट उपाध्यक्षमा रामजी पन्त मुकेश, प्रदेश एकबाट मोहनप्रसाद अधिकारी, मधेस प्रदेशबाट शम्भु ठाकुर, बागमती प्रदेशबाट बालकृष्ण थापा, गण्डकी प्रदेशबाट खेमराज मल्ल, लुम्बिनी प्रदेशबाट टोपबहादुर रायमाझी, कर्णाली प्रदेशबाट रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट प्रकाश सेठी निर्वाचित भएका छन् । महासचिवमा रोशन दाहाल र उपमहासचिवद्वयमा (नीतिगत) शिवहरि घिमिरे र (आन्तरिक) नरहरि थपलिया विजयी भएका छन् । कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सन्तोष शाह विजयी भएका छन् ।  

प्रमुख निर्वाचन अधिकृत टंकप्रसाद दुलालले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सोमबार शपथ गराएका हुन् । शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनले निर्माण उद्योगका विद्यमान समस्या समाधान नगरे आन्दोलन गर्ने बताए । ‘मन्त्रिपरिषद्बाट पारित भए पनि सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधन आउन नदिन अहिले पनि चलखेल भइरहेको छ,’ अध्यक्ष सिंहले भने ।

 महासंघमा अब साना–ठूला व्यवसायीबीच कुनै विभेद नहुने भन्दै उनले कार्टेलिङ अन्त्य गरिने दाबी गरे । महासंघका पूर्वअध्यक्षहरू जिप छिरिङ लामा शेर्पा, रमेश शर्मा, यक्षध्वज कार्की, जयराम लामिछाने, विष्णुभाइ श्रेष्ठलगायतले चर्को महँगीका कारण निर्माण उद्योग तहसनहस भएको बताए । निवर्तमान वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र महासचिव रोशन दाहालले व्यावसायिक एकतामा जोड दिए । फागुन २७ बाट राजधानीमा सुरु भएको महासंघको २३औँ साधारणसभा तथा १२औँ अधिवेशनमा १२ सय प्रतिनिधि र १२ सय पर्यवेक्षकको सहभागिता रहेको थियो ।