१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ३० सोमबार ०६:३३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टिभिएस रेडर १२५ ‘इन्डियन मोटरसाइकल अफ दी इयर’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ३० सोमबार ०६:३३:००

टिभिएस रेडर १२५ ले इन्डियन मोटरसाइकल अफ दी इयर (आइएमओटिवाई) उपाधि प्राप्त गरेको छ । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्यसम्पादन क्षमतालगायतका विशेषताका कारण टिभिएस रेडरले उपाधि हासिल गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा टिभिएस रेडरले मनोनयनमा परेका अन्य पाँच प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो ।

उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यीय निर्णायकमण्डलको गठन गरिएको थियो । निर्णायकमण्डलका सदस्यहरूमा अटो टुडेका एसोसिएट एडिटर राहुल घोष, अटो टुडेका सिनियर स्पेसल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटोएक्सका रोड टेस्ट एडिटर शिवांक भट्टलगायत सम्मिलित थिए । ‘टिभिएस रेडरलाई प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरिँदा हामी निकै गौरवान्वित छौँ । यसका श्रेय हामी समग्र टिभिएस मोटर्सको टिमलगायत टिभिएस रेडरलाई माया गर्नुहुने समग्र उपभोक्तालाई दिन चाहन्छौँ,’ अवार्ड समारोहमा उपाधि ग्रहण गर्दै टिभिएस मोटर्सका वरिष्ठ उपाध्यक्ष मार्केटिङ अनिरुढ हल्दारले भने ।

हरेक वर्ष भारतीय बजारमा धेरै बाइकहरू सार्वजनिक हुन्छन् । यस वर्ष टिभिएस रेडरले भारतीय बजारको दुईपांग्रे सवारीसाधनको श्रेणीमै सर्वाधिक बिक्रीसहित अग्रता हात पार्न सफल भएको छ । उत्पत्तिको स्थान अन्यत्र भए तापनि प्रतियोगितामा सहभागिताका लागि जुनसुकै मोडलका नयाँ मोटरसाइकल भारतमा एसेम्बल वा उत्पादित हुनु अनिवार्य गरिएको छ । साथै, मोटरसाइकल अवार्डका लागि मान्य हुन १ डिसेम्बर २०२० देखि ३० नोभेम्बर २०२१ सम्ममा प्रदर्शित भइसकेको हुनुपर्छ ।

यो लोकप्रिय छ र नेपालमा पनि उल्लेखनीय संख्यामा बिक्री भइरहेको छ ।टिभिएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेबल मोनोसक सस्पेन्सन, युएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायरलगायत विशेषता उपलब्ध रहेका छन् । साथै, यसमा रहेका आकर्षक नयाँ एलइडी हेडलाइट, एंगुलर एलइडी डिआरएल तथा फेन्डर अप फ्रन्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षण प्रदान गरेको छ ।

१ सय २४ दशमलव ८ सिसी, सिंगल सिलिन्डर, एयर आयल कुल्ड एसआई कार्बुरेटर इन्जिनद्वारा शक्ति प्रदान गरिएको यसले ७५०० आरपिएममा १२.९ पिएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपिएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ । बजारमा उपलब्ध अधिकांश एक सय ५० सिसीका मोटरसाइकलमा हालसम्म पनि दुई भल्भ इन्जिनको प्रयोग भइरहँदा यो बाइक भने तीन भल्भ इन्जिनका साथमा बजारमा उपलब्ध गरिएको छ । यो मोटरसाइकलले शून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति जम्मा ५.९ सेकेन्डमा प्राप्त गर्ने क्षमता बोकेको छ ।