Skip This
सिन्धुपाल्चोक कांग्रेस सभापतिमा जंगबहादुर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा जंगबहादुर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:४३:oo

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा संस्थापन पक्षका जंगबहादुर तामाङ विजयी भएका छन् । उनले कोइराला पक्षका वंशलाल तामाङलाई पराजित गरेका हुन् । जंगबहादुरले दोस्रो चरणको निर्वाचनमा खसेको १७ सय ८७ मध्ये नौ सय १२ मत प्राप्त गरे ।

प्रतिद्वन्द्वी वंशलालले आठ सय ४८ मत ल्याए । पहिलो चरणमा तेस्रो भएका संस्थापन पक्षका डा. प्रेमध्वज लामाले दोस्रो भएका वंशलाललाई समर्थन गरे पनि दुई उम्मेदवारको मत योगलाई पछि पारेर जंगबहादुरले जित निकालेका हुन् ।  

लामो समयदेखि संस्थापन पक्षका लामाले चुनाव लड्न त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकबाट राजीनामा दिएका थिए । अन्तिम समयमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जंगबहादुरलाई टिकट दिएपछि लामा बागी उम्मेदवार उठेका थिए । 

पहिलो चरणको मतपरिणाम आएसँगै पत्रकार सम्मेलन गरेर उनले वंशलाललाई समर्थन गर्ने घोषणा गरेका थिए । ‘पार्टीलाई अब्बल बनाउने उद्देश्यले गर्दै आएको पेसा नै त्यागेँ । तर, केन्द्रीय सदस्य बस्नेतले धोका दिनुभो । त्यसैले विद्रोह गरेर कोइराला पक्षका वंशलाललाई समर्थन गरेको हुँ,’ उनले भने । दुई उपसभापति पदका लागि पाँच, दुई सचिवका लागि चार र दुई सहसचिवका लागि चारजना चुनावी प्रतिस्पर्धामा छन् । सभापतिबाहेक अरुको मत परिणाम आउन बाँकी छ । 

ad
ad