१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

लक्षण नदेखिएका र पूर्ण खोप लगाएकालाई अब उपचारअघि पिसिआर अनिवार्य नहुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:२२:oo

सरकारले उपचारका लागि अस्पताल पुगेका सबै बिरामीलाई पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने मापदण्ड हटाएको छ । कोभिड– १९ को कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिलाई पिसिआर परीक्षण अनिवार्य नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था र अस्पतालहरूलाई निर्देशन दिएको छ । 

शनिबार मन्त्रालयले सूचना जारी गर्दै स्वास्थ्य संस्थाहरूमा सबै बिरामीलाई पिसिआर परीक्षण अनिवार्य नहुने जनाएको हो । कोभिड संक्रमणदर न्यून हुँदै गएकाले स्वास्थ्य तथा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यही २३ फागुनमा गरेको निर्णयअनुसार मन्त्रायलले पिसिआर अनिवार्यतामा रोक लगाएको जनाएका हुन् । नेपालमा कोभिड संक्रमणदर न्यून हुँदै गएकाले कोभिडसम्बन्धी जारी भएका मापदण्ड खुकुलो बन्दै गएका छन् ।

नेपालमा हाल दैनिक संक्रमणदरसमेत १ प्रतिशतमा पुगेको छ । स्वास्थ्य मन्त्रालयको विवरणअनुसार शनिबार देशभर गरिएका परीक्षणको आधारमा संक्रमणदर घटेर १.४४ प्रतिशतमा झरेको हो । गत २४ घन्टामा पाँच हजार ६२ नमुना परीक्षण गर्दा ७३ जनामा मात्र संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाको संख्यासमेत शून्यमा झरेको छ । दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरू घट्दै गएका छन् । हाल काठमाडौं, ललितपुर, चितवन, धनुषा, कास्की, बाँके र रूपन्देहीमा मात्र दुई सयभन्दा बढी सक्रिय संक्रमित छन् । देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ५० छ । 

नेपाल प्रवेश गर्न पिसिआर गर्नु नपर्नेे
कोभिड खोपको पूर्ण मात्रा लगाएकामा विदेशबाट हवाई तथा स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरूमा समेत पिसिआर अनिवार्य परीक्षण हटाइएको छ । अध्यागमन विभागले यसअघि कोभिड सम्बन्धमा जारी भएका सूचनाहरू खारेज गर्दै पूर्ण खोप लगाएको प्रमाणपत्र भएमा कोभिड परीक्षण आवश्यक नपर्ने जनाएको हो ।

तर, खोपको पूर्ण मात्रा नलगाएका यात्रुको हकमा भने ७२ घन्टाभित्रको कोभिड परीक्षण लागू हुने जनाइएको छ । यसबाहेक नेपालबाट अन्य मुलुक यात्रा गर्नेहरूको हकमा समेत सम्बन्धित एयरलाइन्सले गन्तव्य मुलुकको स्वास्थ्य प्रोटोकलसम्बन्धी जानकारी दिनुपर्ने जनाएको छ । यद्यपि हालसम्म नेपालबाट बाहिरिने यात्रुहरूका लागि भने कोभिड परीक्षण सम्बन्धित मुलुकको स्वास्थ्य प्रोटोकलमै आधारित हुनेछ । 

ad
ad