Skip This
प्रेस चौतारीको महाधिवेशनबाट १७ पदाधिकारीसहित ९९ जनाको केन्द्रीय कमिटी निर्वाचित हुने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार o७:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रेस चौतारीको महाधिवेशनबाट १७ पदाधिकारीसहित ९९ जनाको केन्द्रीय कमिटी निर्वाचित हुने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o७:४१:oo

नयाँ अध्यक्षका लागि हालका अध्यक्ष गणेश बस्नेत र उपाध्यक्ष गणेश पाण्डेसँगै अन्य चारजनाको दाबी

पोखरामा शुक्रबारदेखि  प्रेस चौतारीको नवौँ महाधिवेशन सुरु भएको छ ।  महाधिवेशनले विधान संशोधन गरेर १७ पदाधिकारीसहित ९९ जनाको केन्द्रीय कमिटी चयन गर्ने छ ।  हाल समितिमा चार सय केन्द्रीय सदस्य छन् । 

देशभरका जिल्ला, सात भूगोल र उपत्यका, एसोसिएट तथा प्रतिष्ठानका तीन गरी १० प्रदेशमा सहमतिमै नेतृत्व चयन गरेकाले महाधिवेशनबाट समेत सहमतिमा नेतृत्व चयन गर्ने प्रयासमा चौतारी छ । नयाँ अध्यक्षका लागि हालका अध्यक्ष गणेश बस्नेत र उपाध्यक्ष गणेश पाण्डेसँगै अन्य चारजनाको दाबी छ । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले सञ्चार क्षेत्रलाई राष्ट्र र जनताको हितमा प्रयोग गर्न आग्रह गरेका छन् । सत्यको संवाहक बन्दै राष्ट्र र जनताको हितमा प्रयोग गर्न उनले एमालेनिकट पत्रकारहरूलाई आग्रह गरे । देशको विविधता, एकता, भूमिको रक्षा, भ्रष्टाचार अन्त्य, विकाससँगै भावी सन्तानका लागि उपयुक्त वातावरण सिर्जना गर्ने गरी भूमिका निर्वाह गर्न उनको आग्रह थियो । अहिले पीत पत्रकारिता मौलाएको उनको दाबी थियो । 

कार्यक्रममा शुभकामना दिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारहरूलाई मजबुत बनाउने गरी सरकार अघि बढेको बताए । गण्डकीमा सञ्चार विधेयक ल्याउने तयारी सरकारले गरिरहेकोे र ल्याइने विधेयक पत्रकारमैत्री हुने उनको भनाइ छ । उद्घाटनपछि सुरु बन्दसत्रमा महासचिव, कोषाध्यक्षसँगै लेखा समितिको प्रतिवेदन पेस गरेर पारित गरिने तथा शनिबार विधान संशोधनपछि मतदान प्रक्रिया सुरु हुने चौतारी गण्डकी प्रदेश अध्यक्ष इन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार शनिबारसम्म चल्ने महाधिवेशनमा प्रतिनिधि, सल्लाहकारसहित १२ सय प्रतिनिधि सहभागी छन् । 

११ जना पुरस्कृत 
कार्यक्रममा ११ जना पत्रकारलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरिएको छ । हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार, २०७७ बाट प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र २०७८ बाट अर्का पूर्वअध्यक्ष गगन विष्ट पुरस्कृत भएका छन् ।

त्यस्तै, अग्निशिखा पत्रकारिता पुरस्कार, २०७७ बाट कृष्णविनोद लम्साल र २०७८ बाट झलक सुवेदीलाई पुरस्कृत गरिएको छ । डेकेन्द्र थापा पत्रकारिता पुरस्कार २०७७ बाट सागर पण्डित र २०७८ बाट हिरा परियार तथा वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार २०७७ बाट केपी गौतम र २०७८ बाट अनुप तिवारी पुरस्कृत भएका छन् ।

चन्द्र न्यौपाने–शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ, पदम–लक्ष्मी–सावित्री स्मृति पत्रकारिता पुरस्कार, २०७७ बाट अब्दुल्ला मियाँ र २०७८ बाट शिवराज भट्टलाई पुरस्कृत गरिएको छ ।

ad
ad