१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २५ बुधबार १४:३७:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

पर्यटन प्रवर्द्धनका लागि वृत्तचित्र ‘भिजिट डाँछी’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २५ बुधबार १४:३७:००

काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका– ४, डाँछीको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि वृत्तचित्र निर्माण गरिएको छ । कलाकार तथा मोडल गौतम खातीको निर्देशनमा नगरपालिकालाई सांस्कृतिक सहरको पहिचान बनाउन र त्यसलाई जीवन्त राख्न ‘भिजिट डाँछी’ नामक वृत्तचित्र तयार गरिएको हो । निर्देशक खातीले कागेश्वरी–मनोहरा नगरपालिकाभित्रका सम्पूर्ण सामाजिक–सांस्कृति विषयवस्तुको अध्ययनपछि वृत्तचित्र तयार पारेको बताए । 

कागेश्वरी–मनोहरा नगरपालिका– ४, डाँछीको ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्ने र धार्मिक पर्यटकीय सहरको पहिचान दिलाउन वृत्तचित्रमा ऐतिहासिक धार्मिक सम्पदाहरू समावेश गरिएको निर्देशक खातीले बताए । ‘काठमाडौंको कागेश्वरी–मनोहरा आफैँमा सांस्कृतिक सुन्दरताले भरिपूर्ण छ । धार्मिक तथा पर्यटन विकासको महत्व बोकेको कागेश्वरी मनोहरा नगरपालिका– ४ आफैँमा महत्व र विशेषता बाकेको ठाउँ हो,’ उनले भने ।