१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २४ मंगलबार ०७:०५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाली सेना टिम च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २४ मंगलबार ०७:०५:००

त्रिभुवन आर्मी क्लब प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । क्लब ६ स्वर्ण, दुई रजत र ६ कास्य पदकका साथ टिम च्याम्पियन बनेको हो । दोस्रो स्थानमा रहेको एपिएफले ३ स्वर्ण, पाँच रजत र आठ कांस्य प्राप्त गर्‍यो । तेस्रो स्थानमा रहेको बागमती प्रदेशले तीन स्वर्ण, पाँच रजत र तीन कांस्य हात पार्‍यो ।  

वीर गणेशमान सिंह स्पोर्टस् कमिटी र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको महिला फ्वाइलतर्फ एपिएफकी मन्दिरा थापाले स्वर्ण हात पारिन् । थापाले फाइनलमा सेनाकी रमा सिंहलाई १५–१२ को झिनो अन्तरले पराजित गरिन् । पुरुषको टिम फ्वाइलतर्फ सेनाले स्वर्ण जित्यो । सेनाले बागमतीलाई ४५–२९ ले हरायो । गण्डकी र एपिएफले कांस्य पदक प्राप्त गरे । 

यस्तै टिम महिला सावरमा पनि सेनाले स्वर्ण हात पार्‍यो । फाइनलमा सेनाले एपिएफलाई ४५–३६ अंकले पराजित गरेको हो । बागमती र गण्डकी कांस्यपदकमा सीमित भएका छन् । महिला टिम फ्वाइलतर्फ एपिएफले बागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण प्राप्त गर्‍यो । एपिएफले बागमतीलाई ४५–३६ अंकले पराजित गरेको हो । पुरुष इपी टिमतर्फ सेनाले एपिएफलाई ४५–४० अंकले पराजित गर्दै स्वर्ण हात पार्‍यो । प्रतियोगितामा व्यक्तिगत स्पर्धातर्फ दुई स्वर्ण जितेका बागमती प्रदेशका खेलाडी ओमकार सिंहलाई नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले व्यक्तिगत १० हजारले सम्मान गरेका छन् । 

तीनदिने प्रतियोगितामा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली सेना, एपिएफ गरी ६ टिम सहभागी थिए । १२ स्वर्णपदकका लागि एक सय १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।