१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बार निर्वाचन : सत्तागठबन्धनको तर्फबाट वरिष्ठ अधिवक्ता घिमिरे अध्यक्षका उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o५:oo

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि सत्तागठबन्धनले वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई अध्यक्षका रूपमा अघि सार्ने भएको छ।
 
घिमिरे कांग्रेसनिकट कानुन व्यवसायीहरूक‍ो संस्था  डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)का पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा निर्वाचन समिति संयोजक रहेका थिए। उनको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादीनिकटका कानुन व्यवसायी प्यानल बनाएर चुनावी मैदानमा उत्रने भएका हुन्। अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको कार्यसमितिको तीनवर्षे पदावधि सकिने भएसँगै बारले २५ सदस्यीय नयाँ कार्यसमितिको लागि चैत १९ मा निर्वाचन गर्न लागेको हो।

बार कार्यसमितिमा अध्यक्ष, प्रदेशको प्रतिनिधित्व हुने गरी सात उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक महासचिव, कोषाध्यक्ष र १४ सदस्य रहने व्यवस्था छ। अध्यक्ष श्रेष्ठका अनुसार बार निर्वाचनमा देशभरका ९० बार इकाइबाट मतदानमा सहभागी हुनेछन्।